Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


५४ सांसदले ३१ संसोधन प्रस्ताव दर्ता गराए नागरिकता बिद्येयकमा

एक्सन खबर


५४ सांसदले ३१ संसोधन प्रस्ताव दर्ता गराए नागरिकता बिद्येयकमा

काठमाडौं, ४ साउन । सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता बिद्येयक फिर्ता लिएर पुनः सरकारले नयाँ बिद्येयक पेश गरे पछि ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका हुन् ।  

संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने

विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्ष पछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरेका छन ।

राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षअघि नै विधेयकमाथि दफावार छलफल गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको भएपनि हालै सरकारले सो बिद्येयक फिर्ता लिएर नयाँ बिद्येयक दर्ता गराएको हो । सो बिद्येयकमा दलहरुबीच पूर्ण सहमति नभएपनि समितिले विदेशी महिलालाई नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने संशोधन राख्ने विषय बहुमतले निर्णय गरेको थियो ।

पुनः संसदमा पेश भएको नागरिकता बिद्येयकमा चार दर्जन भन्दा बढी संसोधन प्रस्ताव दर्ता भए पछि सरकारले सो बिद्येयक आजको प्रतिनिधिसभा बैठकमा अघि बढाएको छैन । 













0 प्रतिकृया