Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


न्यायालयमै कांग्रेस छन् : केपी शर्मा ओली

एक्सन खबर
साउन, ६, २०७९


न्यायालयमै कांग्रेस छन् : केपी शर्मा ओली

काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् । उनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी नखोज्न आग्रह गरेका हुन् ।

एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्यका रुपमा एम अधिकारीको नाम राखेपछि उनी नै गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै बिरोध भइरहेको थियो ।

एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा ओलीले अफनो दलले एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए । ‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् ।’ उनले भने ।













0 प्रतिकृया