Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


‘भीमदत्तलाई कांग्रेसले सहिद नमानेको देख्दा मेरो शरीर सिरिङ्ग हुन्छ’ केपी शर्मा ओली

एक्सन खबर
साउन, ७, २०७९


‘भीमदत्तलाई कांग्रेसले सहिद नमानेको देख्दा मेरो शरीर सिरिङ्ग हुन्छ’ केपी शर्मा ओली

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन् ।

४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस माथी सो आरोप लगाएका हुन् ।

‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’ ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ ।’

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको चर्चा गरे । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ गाउँ पुर्याएको स्मरण गर्दै ओलीले अग्रजहरुले देखाएको वाटोबाट बिचलित नहुने प्रणसमेत गरेका छन् ।

अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताए । ‘म इतिहासकारलाई अनुरोध गर्दछु । शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू । जातको होइन राष्ट्रको सहिद हुन्छ । जो पहिलो मारियो उही पहिलो शहीद हो ।’

परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ । पुष्पलालले नेपाललाई तानाशाहबाट मुक्त बनाएको बताउँदै राजनीतिक चेतनासँगै अन्धविश्वास हटाएको दाबी गरे  ।













0 प्रतिकृया