भक्तपुरको डोलेश्वर र काठमाडौंको शम्भुमार्गमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ९ साउन । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले भक्तपुरको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालान गरेको छ । श्रावण सोमबारको अवसर पारेर केएमसीले हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्दै गएको डोलेश्वर मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
केएमसीका जेनरल मेनेजर नारायण दाहालका अनुसार सोमबार गरिएको निःशुल्क स्वास्थ्य शिविरमा डोलेश्वर महादेवको दर्शन गर्न तथा जल चढाउन आएका दर्शनार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा साँच सय दर्शनार्थीहरुको स्वास्थ्य परीक्षण गरेर औषधी समेत वितरण गरिएको छ । उक्त स्वास्थ्य शिविरमा केएमसीले १० जना स्वास्थ्यकर्मीहरुको टोली खटाएको थियो ।
केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले डोलेश्वर मन्दिरमा साउनभर प्रत्येक सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । नेपाल, भारतका लाखौं हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्दै गएको डोलेश्वर महादेवको दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि निःशुल्क स्वास्थ्य शिविर राखिएको हो । योपटक साउन महिनामा ५ वटा सोमबार परेका छन् ।
यस्तै केएमसीले आज सोमबार नै काठमाडौं महानगरपालिका वडा नं. ९ शम्भुमार्गमा पनि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रस्फुटन स्कुलको प्राङ्गणमा आयोजित उक्त शिविरमा ८३५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा १५३ जनाको इसिजी, १९७ जनाको ल्याव तथा १८७ जनाको युएसजी गरिएको र ३२ जनाको दाँत समेत खोलिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा आएका ४२ जनालाई ओ.टी. रेफर पनि नगरिएको छ ।
सामाजिक उक्तदायित्व अन्तरगत केएमसीले उपत्यकाका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा हज्जारौं सर्वसाधारण लाभान्वित भएका छन् । आउँदा दिनहरुमा निःशुल्क स्वास्थ्य शिविरलाई अझ प्रभावकारी बनाउने केएमसीले जनाएको छ ।
0 प्रतिकृया