Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सन खबर
साउन, १०, २०७९


आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, १० साउन । मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ  । दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकंलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बुधबार देशभर बदली रहनेछ । पहाडी भू–भागका केही स्थान र अन्य भू–भागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।













0 प्रतिकृया