Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


जापानमा मेस्सी, नेयमार र एम्बाप्पे चम्कँदा पिएसजीकाे शानदार जित

एजेन्सी
साउन, १०, २०७९


जापानमा मेस्सी, नेयमार र एम्बाप्पे चम्कँदा पिएसजीकाे शानदार जित

काठमाडौं, ८ साउन । प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्याे ।

खेलको २८औं मिनेटमा पाब्लो सारावियाको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिन सफल भयो । ३२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि केइसुके कुरोकावाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

३७औं मिनेटमा नुनो मेन्डेसले तथा ३९औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–१ को सहज अग्रता लिन सफल भयो । ६०औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि पिएसजी खेलमा ५–१ ले अघि बढ्यो ।

७०औं मिनेटमा हिरोटो यामामीले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याएपनि त्यसपछि ८६औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको फराकिलो जित सुनिश्चित गरे ।

पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ ।













0 प्रतिकृया