Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


स्थानीय तह निर्वाचनः कांग्रेसले प्राप्त गर्याे ३४.२८ प्रतिशत मत

एक्सन खबर
साउन, १०, २०७९


स्थानीय तह निर्वाचनः कांग्रेसले प्राप्त गर्याे ३४.२८ प्रतिशत मत

काठमाडौं, १० साउन । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मत परिणाम सार्वजनिक गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै दलहरूले वडामा पाएको मतका आधारमा मत सार्वजनिक गरेको हो ।

सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले एमालेभन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगले जनाएको छ । त्यसैगरी, नेकपा एमाले कुल मतको ३३‍.३ प्रतिशतसहित दोस्रो स्थानमा छ ।

आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४‍.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।

माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।

कसले कति मत प्राप्त गरे ?













0 प्रतिकृया