Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


एमालेले आज मंहगी बिरुद्ध जनप्रदर्शन गर्ने

एक्सन खबर
साउन, १६, २०७९


एमालेले आज मंहगी बिरुद्ध जनप्रदर्शन गर्ने

काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौंमा आज जनप्रदर्शन गर्ने भएको छ ।

सर्वोच्च अदालतको परमादेश पछि निमार्ण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो ।

दिउँसो २ बजे जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ । वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहनेछ ।

जनप्रदर्शनको आवश्यक सबै तयारी पूरा भएको महँगी तथा भ्रष्टाचार विरुद्ध बृहत् जनप्रदर्शन आयोजक कमिटीका संयोजक पार्टी स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

जनप्रदर्शन वसन्तपुरबाट सुरु भई प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्ति बाटिकामा पुगेर समापन गर्ने कार्यक्रम रहेको छ । समापनमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।













0 प्रतिकृया