मंसिर ४ गते निर्वाचनः अपरान्ह मन्त्रीपरिषद बैठक बस्दै
एक्सन खबर
काठमाडौं, १९ साउन । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने मन्त्री परिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए ।
त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन् ।
0 प्रतिकृया