Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


सप्तकोसी अनियन्त्रित भएपछि ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

एक्सन खबर
साउन, १९, २०७९


सप्तकोसी अनियन्त्रित भएपछि ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

सप्तरी, १९ साउन । पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा सप्तकोसी नदी अनियन्त्रत भएपछि सप्तकोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् ।

सप्तकोसी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब भने अझै कम भएको छैन ।

उनका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । काेसी कटानका कारण करिब २० हजार जनता विस्थापित भएका छन् । थप क्षतिको विवरण संकलन भईरहेको छ ।













0 प्रतिकृया