Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


आजबाट मतदाता नामावली संकलन बन्द

एक्सन खबर
साउन, १९, २०७९


आजबाट मतदाता नामावली संकलन बन्द

काठमाडौं, १९ साउन । बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द भएकाे छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियाे । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द हुने अर्यालले बताए । गत १ असारबाट सुरु गरिएको मतदाता नामावली संकलन अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन् ।

साथै आयोगमा दर्ता भएका राजनीतिक दलका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए । ‘एक हप्ता समय दिएर आयोगमा दर्ता भइसकेका दलका लागि दल दर्ता प्रक्रिया चाँडै थाल्नेछौँ,’ अर्यालले भने । 













0 प्रतिकृया