Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ?

एक्सन खबर
साउन, २०, २०७९


प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ?

काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेकाेमा आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरे ।

पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै ओलीले भने, ‘महाअभियोग प्रस्तावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’ संसद बैठकमा महाअभियोगको प्रस्तावलाई टेबुल नगरेकाे भन्दै सभामुख सापकोटा सरकारको खेलौनाजस्तो भएको ओलीको टिप्पणी छ ।

उनले स्वतन्त्र उम्मेदवारले सबै काम गर्न सक्छ भन्ने भ्रम छर्न खोजिएको जिकीर गर्दै प्रश्न गरे–‘स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल भएका छन् ? दलीय प्रणाली चाहिँदैन ? एउटा प्रणालीमा नचले देश कसरी अगाडि बढ्छ ?’

स्वतन्त्रहरूले एकरूपतामा काम गर्न नसक्ने उनकाे दावी छ । ‘स्वतन्त्रहरुको सोच हुँदैन ? फरक फरक सोच भएका मानिसहरुले एकरूपतामा कसरी काम गर्छन् ? स्वतन्त्रले उत्पात गर्छ भनेर ह्वीम चलाइएको छ । सम्भवै नहुने कुरा हो ?’अध्यक्ष ओलीले भने ।
 













0 प्रतिकृया