Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


युक्रेनको आणविक प्लान्टमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पहुँच माग

एजेन्सी
साउन, २४, २०७९


युक्रेनको आणविक प्लान्टमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पहुँच माग

किभ, २४ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् । यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।

‘आणविक प्लान्टमा कुनै पनि आक्रमण आत्मघाती विषय हो’, गुटेरेजले जापानमा आयोजित एक पत्रकार सम्मेलनमा भने । विश्वको पहिलो आणविक बम विष्फोटको ७७ औं वर्षगाँठको सम्झनामा उनी जापानकाे हिरोसिमा आयाेजित समारोहमा उक्त धारणा राखेका थिए ।

युक्रेनले शनिबार नयाँ रुसी गोलाबारीले तीन विकिरण सेन्सरलाई क्षति गरेकाे र जापोरिझिया पावर प्लान्टमा कामदारलाई चोट पुर्‍याएको उनले बताए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।













0 प्रतिकृया