Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेकका विद्यार्थीले बनाएको डिजाइन जनकपुरमा प्रदर्शन

एक्सन खबर
साउन, २५, २०७९


नेकका विद्यार्थीले बनाएको डिजाइन जनकपुरमा प्रदर्शन

जनकपुरधाम, २५ साउन । नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थीहरुले कार्नियो फेसियल सेन्टर नेपालको हस्पिटल तथा पुर्नस्थापना केन्द्रको भवन डिजाइन गरेकोमा उत्कृष्ट तीन डिजाइनहरुको जनकपुरमा प्रदर्शनी गरियो ।

अनुहार, मुखको घाउ तथा ओठ काटिएकाहरुको उपचार र पुनर्स्थापनामा काम गर्दै आइरहेको सीएफसी नेपालले मधेस प्रदेशको जनकपुरमा निर्माण गर्न लागेको आवासीय भवन तथा पुनर्स्थापना सेन्टर भवनको डिजाइन बनाउन नेकमा आर्टिटेक्ट चौथो वर्षमा अध्ययनरत अध्ययनरत आठ विद्यार्थीहरू छनौट गरी प्रतिष्पर्धा गराएको थियो । उक्त प्रतिष्पर्धामा उत्कृष्ट तीन विद्यार्थीहरुको डिजाइन सिएफसी नेपालको कार्यालय जनकपुरमा प्रदर्शन गरिएको हो ।

सिएफसी नेपालको पाँचौं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा प्रतियोगिताका विजेता हिमाल रोकाया, फस्ट रनरअप अनुष्का गैरे तथा सेकेण्ड रनरअप शौरभी वर्मा शाखाको डिजाइन प्रर्दशन गरीएको थियो । उक्त प्रदर्शनीमा डिजाइनर विद्यार्थीहरुले आफ्नो डिजाइनको विस्तृत जानकारी समेत गराएका थिए । त्यसका लागि विजेता विद्यार्थीहरु तथा प्रतियोगिताको डिजाइन समन्वय समितिका सदस्यहरू एशोसिएट प्रोफेसरहरु न्हासला सायमी, रामप्रसाद सुवाल तथा संकल्प पोखरेल जनकपुर पुगेका थिए ।



जानकी मन्दिर ट्रस्टले सीएफसी नेपाललाई उपलब्ध गराएको साइटको खोजी र अनुसन्धान गर्नुका साथै डिजाइन समाधानका बारेमा सम्बन्धित निकायसँग छलफल गर्नु भ्रमणको उद्देश्य थियो । भ्रमणको क्रममा नेकका चौथो वर्षका विद्यार्थीहरूले स्थानीय समुदाय र सरोकारवालाहरुलाई आफ्नो डिजाइन प्रस्तुत गरेका थिए । विजेताहरुलाई एक साता अगाडी नेकमा आयोजित कार्यक्रममा ५०, ३० र २० हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले बनाएका डिजाइनहरूबारे बोल्दै ‘बिल्डिङ फेस बिल्डिङ फ्युचर्स’ प्रवर्द्धन गर्न र भविष्यमा सीएफसी नेपाललाई अगाडी बढ्न सहयोग गर्ने बताए । कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, स्वास्थ्यमन्त्री नवलकिशोर साह, मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साह, गायक योगेश्वर अमात्य र सिएफसी नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।














0 प्रतिकृया