Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


चुनावी घोषणपत्र बनाउन नेकपा एसकाे तीन सदस्यीय समिति

एक्सन खबर
साउन, २६, २०७९


चुनावी घोषणपत्र बनाउन नेकपा एसकाे तीन सदस्यीय समिति

काठमाडौं, २६ असार । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो ।

सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ ।  बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मोवारी तोकेको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि कार्यालय सचिव गंगालाल तुलाधारलाई जिम्मेवारी तोकिएको नेकपा एसले जानकारी दिएको छ ।













0 प्रतिकृया