Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


राष्ट्रपतिको सन्देशबारे संसदमा आज जानकारी गराइने

एक्सन खबर
साउन, ३१, २०७९


राष्ट्रपतिको सन्देशबारे संसदमा आज जानकारी गराइने

काठमाडौं, ३१ साउन । नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज मंगलबार प्रतिनिधिसभामा जानकारी गराइने भएको छ ।

सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्बिचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।  

सोमबार राष्ट्रपति भण्डारीले आफूसमक्ष प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्बिचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको थियो ।

मंगलबार राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । पत्रबारे मंगलबार सदनलाई जानकारी गराउने संभावित कार्यसूची आएको हो ।
राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश पठाइएको छ ।
 













0 प्रतिकृया