प्रत्यायन र स्टाण्डर्ड नाप र तौल विधेयक पारित
एक्सन खबर
काठमाडौं, ३१ साउन । राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको प्रत्यायन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि मंगलबार नै उक्त विधेयकमाथि दफावार छलफल भएको छ । छलफलमा सहभागी सांसदहरुले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिएका थिए ।
यस्तै, संसदले स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ पारित गरेको छ । बैठकले राष्ट्रिय सभाको सन्देशसहितको टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो । दफावार छलफलमा सहभागी सांसदहरुले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिएका थिए ।
0 प्रतिकृया