Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


एक दिवसीय क्रिकेटमा नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

एक्सन खबर
भदौ, १, २०७९


एक दिवसीय क्रिकेटमा नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

काठमाडौं, १ भदौ । नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ । मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्डका  स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए । यस्तै, बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे । पाकिस्तानका  हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो ।

यसका फकर जमानले  सर्वाधिक १०९ रन बनाए । यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे । नेदरल्यान्डका  लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए ।













0 प्रतिकृया