सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न गठबन्धनको बैठक
एक्सन खबर
काठमाडौं, २ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ ।
कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।
चुनाव आगामी मंसिर ४ गते तय भएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी तथा राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् ।
0 प्रतिकृया