Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित

एक्सन खबर
भदौ, २, २०७९


राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । विधेयक बिहीबार प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको हो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् । बिहीबार प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये नागरिकता विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए । यसअघि बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत रुपमा पारित गरियोस् भन्ने प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।

एमाले सांसदहरूले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि नागरिकता दिने व्यवस्था राख्नुपर्ने माग गरेका थिए ।













0 प्रतिकृया