गिरी चिन्तनशील राजनीतिकर्मीः एमाले अध्यक्ष ओली
एक्सन खबर
काठमाडौं, ५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनमा दु:ख ब्यक्त गरेका छन् । शनिवार राती उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।
‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु’ आइतवार बिहान टविट गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
कांग्रेस नेता तथा सांसद गिरीकाे शनिबार राती मेडिसिटी अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे थियाे । उनकाे आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
0 प्रतिकृया