निलम्बित प्रधानन्यायधिशले यसैसाता सफाई पेश गर्नुपर्ने
एक्सन खबर
काठमाडौं, ७ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुमाथि लागेको महाभियोगका बारेमा यसैसाता सफाई पेश गर्नुपर्ने भएको छ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेपछि निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने भएको हो ।
जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नेछन् । समितिले २९ भदौ भित्र जबरा माथी लागेको महाभियोगका बारेमा सफाई पेश गर्ने, अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।
उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको थियो । सिफारिस समितिको तेस्रो बैठक पुन: बुधवार बस्नेछ ।
0 प्रतिकृया