Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


डा. शर्माले पथरीशनिश्चरेका बृद्धबृद्धालाई गाउँमै गराइदिए मुटु तथा फोक्सोको परीक्षण

एक्सन खबर
भदौ, ८, २०७९


डा. शर्माले पथरीशनिश्चरेका बृद्धबृद्धालाई गाउँमै गराइदिए मुटु तथा फोक्सोको परीक्षण

मोरङ, ८ भदौ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् । नोबेलबाट बिशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । बृद्धबृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो । शिविरमा १६५ जना बृद्धबृद्धाको मुटुको जाँच इको गरिएको छ ।



जसमध्ये ५५ जना बृद्धबृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई बुधबार नोबेल अस्पताल ल्याइने नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुलाई नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था मिलाइएको छ । डा.शर्माले बृद्धबृद्धालाई अस्पताल ल्याउँने, अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्ने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था मिलाइदिएका हुन् ।

समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्मा बेलवारी निवासी हुन् । उनले बेलबारीसहित छिमेकी पालिकाहरु सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका विरामीहरुलाई बर्षौ अघिदेखि निःशुल्क एवं बिशेष छुटमा उपचार गराउँदै आएका छन् । गाउँ–गाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिदै आएको छ । डा.शर्माले अहिले सो क्षेत्रमा एम्बुलेन्स क्याम्प पनि सञ्चालन गराइरहेका छन् ।  













0 प्रतिकृया