आज नागरिकता बिधेयक राष्ट्रियसभामा पेश हुने
एक्सन खबर
काठमाडौं, १२ भदौ । नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेश हुँदैछ । संसद सचिवालयका अनुसार विधेयक दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको हो ।
विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ ।
पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाए पछि प्रतिनिधिसभाले पुन बहुमतले पारित गरेको थियो ।
फिर्ता भएको विधेयक पुनर्विचार नै नगरी भदौ २ गते प्रतिनिधिसभामा पारित भए पछि बिबादमा पर्दै आएको छ । राष्ट्रिय सभाले विधेयक पारित गरेकाे खण्डमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
0 प्रतिकृया