Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेकपा एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

एक्सन खबर
भदौ, १२, २०७९


नेकपा एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

काठमाडौं, १२ भदौ । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ । केन्द्रिय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने बैठक ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य सो बैठकमा सहभागी हुनेछन् ।

यसअघि शनिबार सम्पन्न पार्टीकाे केन्द्रीय कमिटीकाे बैठकले मंसिर ४ गतेकाे आम निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा उभ्याउँदै निर्वाचनमा जाने निर्णय गरेकाे थियाे ।













0 प्रतिकृया