Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


कक्षा १२ काे परीक्षाफल प्रकाशितः नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा

एक्सन खबर
भदौ, १७, २०७९


कक्षा १२ काे परीक्षाफल प्रकाशितः नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा

काठमाडाैं, १७ भदाै । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

बाेर्डका अनुसार यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने विद्यार्थीकाे संख्या शून्य रहेको छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।













0 प्रतिकृया