Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


काभ्रेको बनेपामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, २६, २०७९


काभ्रेको बनेपामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २६ भदौ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको बनेपामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले आज बनेपा नगरपालिका वडा नं. ३ सँगको सहकार्यमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १०७३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

उक्त शिविरमा १२७ जनाको इसिजी, १३३ जनाको ल्याब परीक्षण र १९८ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले बताए । स्वास्थ्य शिविरमा आएका मध्ये २१ जनाको दाँत खोलिएको थियो भने, ३४ जनालाई थप उपचारार्थ ओ.टी. रेफर गरिएको थियो ।

केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले आम जनता माझ स्वास्थ्य सेवा पुर्याउने हेतूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । केएमसीले आफ्नो स्वास्थ्य सेवाको गुणस्तर अभिबृद्धि गर्दै आम सर्वसाधारण सम्म सेवा पुर्याउन लागि परेको डा. शर्माको भनाई छ ।














0 प्रतिकृया