असोज २ र ३ गतेसम्म समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने
एक्सन खबर
काठमाडौं, २६ भदौ । मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले असाेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्ने भनेकाे छ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गरि कानुन अनुसार नभएमा सच्याउन दलहरुलाई सूचित गर्नेछ ।
दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म आयोगमा पेश गर्नुपर्ने प्रवक्ता गुरू प्रसाद वाग्लेले जनाएका छन् ।
हेर्नुहोस् आयोगको विज्ञप्ति
0 प्रतिकृया