कांग्रेसले बुझायाे समानुपातिककाे अन्तिम बन्दसूची
एक्सन खबर
काठमाडौं, २० असाेज । आसन्न मंसिर ४ गतेकाे प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सत्तारूढ नेपाली कांग्रेसले समानुपातिककाे अन्तिम बन्दसूची बुझाएकाे छ । कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् । यी सबै कांग्रेसका प्रभावशाली महिलाहरूमा पर्दछन् ।
पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महत, दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् । आदिवासी जनजाति पुरूष तर्फ गाेपालमान श्रेष्ठकाे नाम पहिलाेमा छ, महिला तर्फ सरस्वती वजिमय रहेकी छिन् ।
असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।
0 प्रतिकृया