माेरङमा एमालेकाे जसपासँग तालमेलः लालबाबु र डा. शेखरकाे पुनः भिडन्त
एक्सन खबर
काठमाडाैं, २१ असाेज । नेकपा एमालेले माेरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभा निर्वाचनमा एउटा र प्रदेशका तीन निर्वाचन क्षेत्र जसपालाई दिएकाे छ । एमालेले प्रतिनिधि सभाका लागि मोरङ क्षेत्र नम्बर ५ र प्रदेशका लागि ४,५,६ निर्वाचन क्षेत्रको ख क्षेत्र जसपालाई दिएको हो ।
एमालेले क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ घनश्याम खतिवडा प्रदेश तर्फ (क) उमाकान्त गौतम, (ख) खड्ग बस्नेतकाे नाम फाइनल गरेकाे छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि ऋषिकेश पोखरेल प्रदेश सभा (क) मा डिबी कार्की (ख) मा लिलाबल्लभ अधिकारी रहेका छन् ।
यस्तै, क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाल पुनः उम्मेदवार भएका छन् । प्रदेश तर्फ (क) मा किशोर राई र (ख) मा ज्ञानेन्द्र सुवेदी उम्मेदवार बन्ने भएका छन् । क्षेत्र नम्बर ४ मा विनोद ढकाल उम्मेदवार बन्दा साेही क्षेत्रकाे प्रदेश तर्फ (क) मा जयप्रकाश चौधरी रहेका छन् । (ख) मा जसपाका उम्मेदवार हुनेछन् ।
क्षेत्र नम्बर ५ मा जसपा राजकुमार यादव प्रतिनिधिसभाका उम्मेदवार बन्दा प्रदेश तर्फ (क) मा जसपाकै जयराम यादवकाे उम्मेदवारी रहने बताइएकाे छ । (ख) मा सन्तोष शाह उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर ६ मा लालबाबु पण्डित पुनः उम्मेदवार भएका छन् । ०७४ सालकाे निर्वाचनमा कांग्रेसका डा. शेखर काेइरालालाई पराजित गरेका पण्डितले मंसिर ४ गते पुनः डा. काेइरालासँग नै प्रतिष्पर्धा गर्ने भएका छन् । साे क्षेत्रकाे प्रदेश तर्फ (क) मा रिता न्यौपाने र(ख) मा जसपाका राजेन्द्र गुप्ताकाे उम्मेदवारी हुनेछ ।
0 प्रतिकृया