Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


भ्रष्टाचारी आरोपित विजयकुमार गच्छदारसँग भगवती चौधरीको पुनः प्रतिष्पर्धा

एक्सन खबर
असोज, २२, २०७९


भ्रष्टाचारी आरोपित विजयकुमार गच्छदारसँग भगवती चौधरीको पुनः प्रतिष्पर्धा

सुनसरी, २२ असोज । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगिएका छन् । एमालेले कतिपय स्थानमा जसपासँग तालमेल गरेर प्रदेश १ को उम्मेदवारहरु टुंगो लगाएको हो ।

एमालेले झापामा राप्रपाका लागि प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट छाडेको छ । मोरङ र सुनसरीमा भने जनता समाजवादी पार्टीलाई केही सिट छाड्दै अन्य क्षेत्रमा आफ्नै उम्मेदवार तोकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बनेका छन् । झापा १ मा रविन कोइरालालाई प्रदेशमा झारेर अग्नि खरेललाई उम्मेदवार बनाइएको छ । झापा २ बाट देवराज घिमिरे उम्मेदवार बनेका छन् । झापा ३ मा एमालेले तालमेल गर्दा झापा ४ मा एलपी साँवा उम्मेदवार भएका छन् । हिक्मत कार्की झापा ५ क बाट उम्मेदवार बनेका छन् ।

सुनसरीका ४ निर्वाचन क्षेत्र १ नं. क्षेत्रमा एमालेले तालमेल गर्ने भएको छ । प्रदेशसभातर्फ क मा रमेश बस्नेत र प्रदेशसभा ख मा विजयकुमार राई उम्मेदवार बनेका छन् । भीम आचार्यले सुनसरी २ बाट टिकट पाएका छन् । उनको क्षेत्रमा प्रदेश सभातर्फ क मा रेवती भण्डारी र ख मा रामप्रसाद मेहता उम्मेदवार भएका छन् ।

एमाले प्रभावशाली नेतृ भगवती चौधरीले सुनसरी ३ मा तेश्रोपल्ट टिकट पाएकी छिन् । उनले कांग्रेसका ललिता निवास प्रकरणका मुख्य आरोपित विजयकुमार गच्छदारसँग प्रतिष्पर्धा गर्नेछिन् । चाैधरीले याेपल्ट आफ्नाे क्षेत्रकाे विकास, युवा स्वराेजगार, निर्यातमुखी कृषि प्रणाली, प्राविधिक शिक्षा जस्ता विकाससिल एजेण्डाहरू अगाडी सारेकी छिन् ।  उनको क्षेत्रमा क मा रोहित कार्कीले टिकट पाउँदा ख मा रामदेव यादव दोहोरिएका छन् । उनी ०७४ सालको निर्वाचनमा पनि उम्मेदवार थिए ।

सुनसरी ४ मा जगदीश कुसियत उम्मेदवार बनेका छन् । मोरङ ३ मा भानुभक्त ढकाल दोहोरिँदा मोरङ ६ मा लालबाबु पण्डित पुनः कांग्रेसका डा. शेखर कोइरालासँग प्रतिष्पर्धामा उत्रिएका छन् । भानुभक्त ढकाल र कांग्रेसका नेता डा. सुनिल शर्मा पनि दोश्रो पल्ट प्रतिष्पर्धा गर्दैछन् ।

प्रदेश १ मा एमालेका को को भए उम्मेवार ?


झापा १: प्रतिनिधिसभा अग्नि खरेल
प्रदेशसभा क रविन कोइराला
प्रदेशसभा ख तालमेल

झापा २: प्रतिनिधिसभा देवराज घिमिरे
प्रदेशसभा क एकराज कार्की
प्रदेशसभा ख चिन्तन पाठक

झापा ३ : प्रतिनिधिसभा तालमेल
प्रदेशसभा क बसन्त बानियाँ
प्रदेशसभा ख बाँकी

झापा ४ : प्रतिनिधिसभा एलपी साँबा
प्रदेशसभा क राधाकृष्ण खनाल
प्रदेशसभा ख बाँकी

झापा ५ : प्रतिनिधिसभा केपी शर्मा ओली
प्रदेशसभा क हिक्मत कार्की
प्रदेशसभा ख होमबहादुर थापा

मोरङ १ : प्रतिनिधिसभा घनश्याम खतिवडा
प्रदेशसभा क उमाकान्त गौतम
प्रदेशसभा ख खड्ग बस्नेत

मोरङ २ : प्रतिनिधिसभा ऋषिकेश पोखरेल
प्रदेशसभा क डीबी कार्की
प्रदेशसभा ख दिलाबल्लभ अधिकारी

मोरङ ३ : प्रतिनिधिसभा भानुभक्त ढकाल
प्रदेशसभा क किशोर राई
प्रदेशसभा ख ज्ञानेन्द्र सुवेदी

मोरङ ४ : प्रतिनिधिसभा विनोद ढकाल
प्रदेशसभा क जयप्रकाश चौधरी
प्रदेशसभा ख तालमेल

मोरङ ५ : प्रतिनिधिसभा तालमेल
प्रदेशसभा क सन्तोष साह
प्रदेशसभा ख तालमेल

मोरङ १ : प्रतिनिधिसभा लालबाबु पण्डित
प्रदेशसभा क रिता न्यौपाने
प्रदेशसभा ख तालमेल

सुनसरी १ : प्रतिनिधिसभा तालमेल
प्रदेशसभा क रमेश बस्नेत
प्रदेशसभा ख विजयकुमार राई

सनसरी २ : प्रतिनिधिसभा भीम आचार्य
प्रदेशसभा क रेवती भण्डारी
प्रदेशसभा ख रामप्रसाद मेहता

सुनसरी ३ : प्रतिनिधिसभा भगवती चौधरी
प्रदेशसभा क रोहित कार्की
प्रदेशसभा ख रामदेव यादव

सुनसरी ४ : प्रतिनिधिसभा जगदिश कुसियत
प्रदेशसभा क गुणराज कोइराला
प्रदेशसभा ख तालमेल

धनकुटा : प्रतिनिधिसभा राजेन्द्र राई
प्रदेशसभा क निस राई
प्रदेशसभा ख इन्द्र माझी

भोजपुर : प्रतिनिधिसभा शेरधन राई
प्रदेशसभा क हरिबहादुर राई
प्रदेशसभा ख खड्गबहादुर कार्की

संखुवासभा : प्रतिनिधिसभा राजेन्द्र गौतम
प्रदेशसभा क भविश्वर गुरुङ
प्रदेशसभा ख विहर लिङदेन

ताप्लेजुङ : प्रतिनिधिसभा योगेश भट्टराई
प्रदेशसभा क तिलकुमार मेनेंबो
प्रदेशसभा ख मणिशेर पोमु

ओखलढुंगा : प्रतिनिधिसभा यज्ञराज सुनुवार
प्रदेशसभा क अमिरबहादुर गुरुङ
प्रदेशसभा ख ज्ञानबहादुर खड्का

सोलुखुम्बु : प्रतिनिधिसभा मानवीर राई
प्रदेशसभा क उत्तम बस्नेत
प्रदेशसभा ख बुद्धिकुमार राजभण्डारी

उदयपुर १ : प्रतिनिधिसभा मेज चौधरी
प्रदेशसभा क विमल कार्की
प्रदेशसभा ख ईश्वरमणि राउत

उदयपुर २ : प्रतिनिधिसभा ज्ञानेन्द्र श्रेष्ठ
प्रदेशसभा क देवराज राई
प्रदेशसभा ख जीवनाथ दहाल

खोटाङ : प्रतिनिधिसभा विशाल भट्टराई
प्रदेशसभा क पीके राई
प्रदेशसभा ख रामप्रसाद दंगाल

तेह्रथुम : प्रतिनिधिसभा विजय सुब्बा
प्रदेशसभा क किशोर यदु दुलाल
प्रदेशसभा ख तेजमान

पाँचथर : प्रतिनिधिसभा बसन्त नेम्बाङ
प्रदेशसभा क राजकुमार भण्डारी
प्रदेशसभा ख अइन्द्रसुन्दर नेम्वाङ

इलाम १ : प्रतिनिधिसभा महेश बस्नेत
प्रदेशसभा क सोम पराजुली
प्रदेशसभा ख दिपक थेबे

इलाम २: प्रतिनिधिसभा सुवासचन्द्र नेम्वाङ
प्रदेशसभा क गणेश बराल
प्रदेशसभा ख राम राना













0 प्रतिकृया