Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


साेहम नेपालकाे अध्यक्षमा प्राध्यापक डाक्टर श्रेष्ठ

एक्सन खबर
असोज, ३०, २०७९


साेहम नेपालकाे अध्यक्षमा प्राध्यापक डाक्टर श्रेष्ठ

काठमाडाैं, २९ असाेज । जल तथा माैसमविद् नेपाल (साेहम नेपाल) काे १९ औं साधारण सभा सम्पन्न भएकाे छ । सोहम नेपालको १९ औं साधारण सभाले प्रा.डा. हरिकृष्ण श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेकाे छ ।

शनिबार अनामनगरस्थित किम्ची रेष्टुरेण्ट एण्ड बेङ्क्विटमा सम्पन्न साधारण सभाले  आठौं कार्य समितिकाे उपाध्यक्षमा शिव कुमार महतोलाई चयन गरेकाे छ । समितिकाे महासचिवमा खडानन्द दुलाल चयन भएका छन् ।

कार्यक्रममा सातौं कार्यकारिणी समितिका महासचिव विक्रम श्रेष्ठ जुवाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष ध्रुव लोचन अधिकारीबाट पेश भएको आर्थिक विवरण सभाले पारित गरेको थियो ।

त्यसैगरि निर्वाचन समितिको तर्फबाट प्रा.डा. टेक बहादुर क्षेत्रीले आठौं कार्यकारिणी समितिका निर्वाचित पदाधिकारीहरुको घोषणा तथा प्रतिवेदन पेश गर्नुका साथै नयाँ समितिका पदाधिकारीहरुलाई स्वागत तथा बधाई सहित नयाँ समितिलाई कार्यभार हस्तान्तरण गरिएकाे थियाे ।

साे क्रममा निवर्तमान अध्यक्ष प्रा.डा. दिपक अर्यालबाट मन्तव्य राख्दै प्रथम सत्र सम्पन्न भएको थियो । सभाको दोस्रो सत्र नयाँ समितिका उपाध्यक्ष शिव कुमार महतोद्वारा पुरानो समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन र महासचिव खडानन्द दुलालबाट भावी योजना तथा नीति बारे प्रकाश पारेका थिए ।

लगत्तै अतिथि किरण शंकर योगाचार्य तथा डा. अरुण भक्त श्रेष्ठबाट शुभकामना सन्देश प्रकट गर्दै अध्यक्ष प्रा. डा. हरिकृष्ण श्रेष्ठबाट मन्तव्य प्रस्तुत गरेर कार्यक्रम सम्पन्न  गरिएकाे थियाे ।













0 प्रतिकृया