माडेपाखामा केएमसीको स्वास्थ्य शिविर, ७२१ जना लाभान्वित
एक्सन खबर
काठमाडौं, ३० असोज । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले बुढानिलकण्ठको माडेपाखामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले बुढानिलकण्ठ नगरपालिका वडा नं. २ माडेपाखामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७२१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य शिविरमा आएका मध्ये १२३ जनाको इसिजी, २०७ जनाको ल्याब परीक्षण, १९८ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा २७ जनाको दाँत खोलिएको छ भने, २२ जनालाई अप परीक्षण र उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाइएको कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए । ‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै सर्वसाधारण सम्म सेवा प्रवाह गर्ने रणनीति अनुरुप निःशुल्क स्वास्थ्य शिविर चलाईएको हो । केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट विपन्न, गरिब तथा स्वास्थ्य सेवाबाट बञ्चित नागरिक लाभान्वित भएका छन् ।’ डा. शर्माले भने ।
पछिल्लो समय केएमसीले आफ्ना सबै सेवाहरु स्तरोन्नती गरेको छ । केएमसीलाई नेपालकै सुविधासम्पन्न अस्पताल बनाउने उद्देश्य लिएर डा. शर्मा सक्रिय रहेका छन् ।
0 प्रतिकृया