Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


चावहिलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा गगन थापा

एक्सन खबर
कार्तिक, ४, २०७९


चावहिलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा गगन थापा

काठमाडौं, ४ कार्तिक । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले चावहिलमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६५३ जना बिरामी लाभान्वित भएका छन् । केएमसीले आज शुक्रबार जिपी फाउण्डेशनसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा १०४ जनाको इसिजी, १६२ जनाको ल्याब परीक्षण, १८९ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, २७ जनाको दाँत खोलिदा २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।

उक्त स्वास्थ्य शिविरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा समेत सहभागी भएका थिए । उनले त्यहाँ ब्लडप्रेसर लगायत स्वास्थ्य परीक्षण गराएको केएमसीले जनाएको छ ।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि गाउँ सहर सबैतिर निःशुल्क स्वास्थ्य शिविर चलाइएको बताए । मोरङको बिराटनगरमा नोबेल शिक्षण अस्पताल मार्फत सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएका डा. शर्माले केएमसीमा पनि सर्वसाधारणको पहुँच बृद्धि गरेका छन् ।














0 प्रतिकृया