Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेपालमा १४ जना पुग्याे टाक्सिडर्मीकाे संख्या

एक्सन खबर
कार्तिक, २५, २०७९


नेपालमा १४ जना पुग्याे टाक्सिडर्मीकाे संख्या

काठमाडाैं, २४ कार्तिक । नेपालमा एक जनामात्र टाक्सिडर्मी भएकाेमा एकैपल्ट १३ जना नयाँ टाक्सिडर्मी उत्पादन भएका छन् । नेपालमै पहिलो पटक सञ्चालन गरिएको अठार दिन लामो टाक्सिडर्मी तालिमबाट १३ जना नयाँ टाक्सिडर्मी उत्पादन भएका हुन् । नेपालका एक मात्र पेशागत टाक्सिडर्मी विशेषज्ञ देव महर्जन रहेका थिए ।

मरेका जीवहरूको छाला, प्वाँख तथा भुत्लाहरू प्रयोग गरी ती जीवहरू बाँचेको बेला जस्तो थियो त्यस्तै बनाई प्राकृतिक बासस्थानको प्रतिलिपि बनाई सजाउने कलालाई टाक्सिडर्मी भनिन्छ । राणाकालमा आफ्नो शिकार कौशलताको प्रदर्शनी गर्नमात्र प्रयोग भएको यो विधा नेपालबाट लगभग लोप भइसकेको थियो ।

तालिमकाे समापन चाँगुनारायण नगरपालिका स्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको छ । कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न तालिमको समापन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दु बहादुर जोशी प्रमुख अतिथि थिए ।

उनले साे अवसरमा बाेल्दै सह सचिव जाेशीले जैविक विविधताको प्रमाण सयौंवर्ष सम्म सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्न सक्ने टाक्सिडर्मीस्टहरू नेपालमै उपलव्ध हुनु देशकैलागि गौरवको कुरा भएको उल्लेख गर्दै यस प्रकारको तालिम भविष्यमा सञ्चालन गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. तुलसी राम भण्डारी, त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. सुरेन्द्र गौतम, त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालयका निर्देशक तथा प्रमुख डा. गणेश बहादुर थापा, नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाही तथा तालिम कार्यक्रमका प्रशिक्षक जर्मनीका टाक्सिडर्मी विशेषज्ञ मार्को फिसरले टाक्सिडर्मीका विविध व्यवहारिक प्रयोग तथा पर्यटन क्षेत्रमा टाक्सिडर्मीको महत्व बारे प्रकास पारेका थिए ।

स्वागत मन्तव्य नेपालका एक मात्र पेशागत टाक्सिडर्मी विशेषज्ञ महर्जनले दिएका थिए भने कार्यक्रम संयोजन नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रको प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रमका संयोजक डा. नारायण प्रसाद कोजुले गरेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. तुलसी राम भण्डारीले गर्दा तालिम प्रशिक्षक मार्को फिसरलाई कलेजका प्राचार्यले मायाको चिनो प्रदान गरे । नेपालका तेह्रवटा विभिन्न निकायका कर्मचारी, प्रविधिक तथा विद्यार्थीहरू तालिम कार्यक्रमबाट प्रशिक्षित भएका थिए ।














0 प्रतिकृया