Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


भण्डारी गुठीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
कार्तिक, २८, २०७९


भण्डारी गुठीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २८ कार्तिक । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले भण्डारी गुठीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । पशुपति राय सेवक संघसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६११ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त निःशुल्क स्वास्थ्य परीक्षणमा १२२ जनाको इसिजी, १८९ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्सरे गरिएको छ ।

त्यस्तै, स्वास्थ्य शिविरमा आएका मध्ये १९ जनाको दाँत खोलिएको र २७ जनालाई थप उपचारका लागि ओ.टी.रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।

केएमसीले राजधानी तथा त्यस आसपासका विभिन्न क्षेत्रहरुमा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर चलाउँदै आएको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने क्रममा जनताका घरदैलोमै सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले बतताए ।














0 प्रतिकृया