काठमाडौं ४ मा गगन थापाको ह्याट्रिक
एक्सन खबर
काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नं. ४ बाट कांग्रेस महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । थापाले आफ्ना प्रतिष्पर्धी नेकपा एमालेका डा. राजन भट्टराईलाई भारी मतले पराजित गर्दै ह्याट्रिक जित निकालेका हुन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा थापाले डा. भट्टराईलाई ७४४६ मतान्तरले पराजित गरे । थापाले २१३०१ मत प्राप्त गर्दा डा. भट्टराईले १३८५५ मत मात्र पाए ।
यसअघि थापाले डा. भट्टराईलाई ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ३२ सय मतान्तरले पराजित गरेका थिए । गगनले ०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट एमालेका निर्मल कुईकेललाई पराजित गरेका थिए भने, ०६४ सालको संविधान सभा निर्वाचनमा भने थापा समानुपातिक सांसद थिए ।
0 प्रतिकृया