Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


भगबती चाैधरी पहिलाे स्थानमा हुँदा गच्छदार तेश्रोमा

एक्सन खबर
मंसिर, ७, २०७९


भगबती चाैधरी पहिलाे स्थानमा हुँदा गच्छदार तेश्रोमा

इटहरी, ७ मंसिर । सुनसरी क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले अग्रता लिएकी छिन् । क्षेत्र को इटहरी उपमहानगरपालिका वडा नं. ७ र ८ को गणनासँगै नेतृ चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले लिएको अग्रता तोडेकी छिन् । मतगणनामा नेपाली कांग्रेसका बिजयकुमार गच्छदार तेश्रो स्थानमा छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. ६ को मतगणनामा मैनाली अगाडी थिए । वडा नं. ७ को मतगणना थालिएसँगै चौधरीले मैनालीसँगको मतान्तर घटाउँदै लगेकी थिइन् । गच्छदार सुरुदेखि नै तेश्रो स्थानमै रोकिइरहेका छन् । राप्रपाका कूलदीप चौधरी चौथो स्थानमा छन् ।

आज बिहान ७ बजेको पछिल्लो अपडेट अनुसार भगबती चौधरीले २७११ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले २३६७ मत प्राप्त गरेका छन् । कांग्रेसका गच्छदारले १७३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सुनसरी ३ का प्रवक्ता राजेन्द्र कार्कीले जानकारी दिए ।

यता यही क्षेत्रको प्रदेश सभा १ तर्फको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडी देखिएका छन् । इटहरी वडा नं. ६, ७ र ८ को पुरै मत गणना भइसक्दा एमालेका रोहित बहादुर कार्कीले २९४९ मत प्राप्त गरेका छन् ।

३५ वटा वडा रहेको सुनसरी ३ मा अब ३२ वटा वडाको मत गणना हुन बाँकी रहेको छ ।













1 प्रतिकृया
saroj
3 years ago

तपाइँको जित निस्चित छ! जन्ता जागरुक छ तपाईं को जित हो भनेर