मोरङ क्षेत्र नं. ३ अपडेटः अग्रता बढाउँदै डा. सुनिल शर्मा
एक्सन खबर
विराटनगर, ७ मंसिर । मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. सुनिल शर्माले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । डा. शर्माले नेकपा एमालेका भानुभक्त ढकालसँगको अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार डा. शर्मा ४५२७ मतले अगाडी रहेका छन् । ढकालले ७८०४ मत पाउँदा डा. शर्माले १२३३१ मत प्राप्त गरेका छन् । राप्रपाकी रेखा थापा तेश्रो स्थानमा छिन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नं. ३ मा ९७५०९ मत खसेको थियो ।
0 प्रतिकृया