Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


सुनसरी ३ अपडेटः मतान्तर बढाउँदै भगबती, खुम्चँदै गच्छदार

एक्सन खबर
मंसिर, ८, २०७९


सुनसरी ३ अपडेटः मतान्तर बढाउँदै भगबती, खुम्चँदै गच्छदार

इटहरी, ८ मंसिर । इटहरीका सात वटा वडाहरु गणना भइसक्दा भगबती चौधरीले बिजयकुमार गच्छदारसँगको मतान्तर बढाउँदै लगेकी छिन् । सुनसरी क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले इटहरीका सात वटा वडाहरुको मतगणनामा गच्छदारलाई २४१७ मतले पछि पारेकी छिन् ।

इटहरी वडा नं. ६ देखि १२ सम्मको गणनामा चौधरीले ६३०७ मत पाउँदा तेश्रो स्थानमा खुम्चिएका गच्छदारको ३८९० मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली दोश्रो स्थानमा छन् । उनले ४११४ मत प्राप्त गरेका छन् । मैनाली र चौधरी विच २१९३ को मतान्तर छ ।

इटहरी उपमहानगरपालिका वडा नं. ६ को मतगणनामा मैनाली अगाडी थिए । वडा नं. ७ को मतगणना थालिएसँगै चौधरीले मैनालीसँगको मतान्तर घटाउँदै लगेकी थिइन् । गच्छदार सुरुदेखि नै तेश्रो स्थानमा छन् । राप्रपाका कूलदीप चौधरी चौथो स्थानमा छन् ।

निर्वाचन अधिकृतको कार्यालय सुनसरी ३ का प्रवक्ता राजेन्द्र कार्कीका अनुसार अब इटहरीका ३ वटा वडाहरु गणना हुन बाँकी छ । यसका साथै, सुनसरी ३ को दुहवी नगरपालिकाका १२ वटा वडा, गढी गाउँपालिकाका ६ वटा, बर्जु गाउँपालिकाका ६ वटा वडा र इनरुवा नगरपालिका अन्तरगत पर्ने एउटा वडामा झरेको मत गणना हुन बाँकी रहेको छ ।

सुस्त मतगणना


सुनसरी क्षेत्र नं. ३ को मत गणना सुस्त भएको गुनासो छ । दुहवी रंगशालास्थित कवर्ड हलमा जारी मत गणनामा कर्मचारीको कमी तथा ठाउँ सानो भएकाले गणना सुस्त भएको बताइएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राती र दिउसो गरी २ वटा वडाहरु गणना भइरहेका छन् । यो क्षेत्रमा ९२ हजार ५ सय ३५ मत झरेको छ ।













0 प्रतिकृया