Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


मोरङ ३ मा डा. सुनिल शर्मा भारी मतका साथ जित तर्फ

एक्सन खबर
मंसिर ८, २०७९


मोरङ ३ मा डा. सुनिल शर्मा भारी मतका साथ जित तर्फ

मोरङ, ८ मंसिर । नेपाली कांग्रेसका डा. सुनिल शर्माले एमालेका भानुभक्त ढकाललाई १० हजार बढी मतले पछि पारेका छन् । मोरङ क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार डा. शर्माले ढकाललाई ११ हजार ७ सय ६ मतले पछि पारेका हुन् । राप्रपाकी उम्मेदवार रेखा थापा सामाजिक सञ्जालमा छाएपनि जनताको मत भने पाउन सकिनन् । उनी तेश्रो स्थानमा छिन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा डा. शर्माले हालसम्मको गणनामा २६ हजार ४ सय ४१ मत प्राप्त गर्दा ढकालले १४ हजार ७ सय ३६ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय मोरङ ३ का अनुसार अहिलेसम्म ५४ हजार ५० मत गणना भइसकेको छ ।

समाजसेवी तथा स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा व्यक्तिगत तवरमै उल्लेख्य काम गरेका डा. शर्माले ढकाललाई सुरुदेखि नै पछि पारेका हुन् । समाजसेवा र स्वास्थ्य क्षेत्रमा उनले पुर्याएको योगदानको ऋण तिर्नकै लागि भएपनि मोरङ ३ का जनताले मत दिएको बताउँदै आएका थिए ।

डा. शर्मा ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ढकालसँग मात्र १ हजार ९ सय ६ मतान्तरले पराजित भएका थिए । त्यसपछि आफ्नै क्षेत्रमा समाजसेवा र स्वास्थ्य सेवामा उल्लेख्य काम गर्दै जनताको मत जितेका उनी यो पटक भारी मतका साथ सिंहदरबार छिर्ने निश्चित भएको छ ।

यता केपी शर्मा ओली नेतृत्वको सरकारमा तीन तीन वटा शक्तिशाली मन्त्री बनेर पनि ढकालले आफ्नो क्षेत्रको लागि कुनै सम्झन लायक काम नगरेको आरोप थियो । कोरोना महामारीमा स्वास्थ्यमन्त्री हुँदा जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिनुको सट्टा ‘मेरो घरमा पाहुना आएको छ’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकाले उनी आलोचित थिए । सँगै कोरोना स्वास्थ्य सामग्रीमा करोडौं भ्रष्टाचार गरेको भन्दै विवादमा आएपछि उनीप्रति जनता निराश थिए ।

तर, ढकालको विपरित डा. शर्माले ०७४ सालदेखि ५ वर्ष निरन्तर जनताका घरदैलोमा जाने उनीहरुको समस्या तथा पिरमर्का बुझ्ने काम गरे । उनले नोबेल शिक्षण अस्पताल मार्फत गाउँगाउँमा एम्बुलेन्स र विशेषज्ञ डाक्टरहरु पठाएर बिरामी, अशक्त नागरिकको निःशुल्क उपचार र उद्दार गरिरहेकाले जनताका माझ लोकप्रिय भए ।

डा. शर्माले स्वास्थ्य क्षेत्रमा मात्रै भएपनि केही गर्न सक्छन्, आफ्नो क्षेत्रका साझा समस्याहरु हल गर्न सक्छन् भन्ने जनतामा आशा छ । र, उनले जनतालाई ठूला आशा र सपना पनि देखाएका छैनन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार जस्ता जनताका आधारभूत आवश्यक्ता पुरा गर्ने, सुकुम्बासी समस्या समाधान गर्न डटेर लाग्ने, बेरोजगारी अन्त्यका लागि पहल गर्ने लगायत साझा समस्याहरु उठाएका छन् ।

डा. सुनिल शर्माले क्षेत्रका सबै दलहरुसँग खासगरी बाम लोकतान्त्रिक गठबन्धनका दलहरुसँग राम्रो सहकार्य गरेकाले पनि बाम किल्ला भत्कने निश्चित देखिएको छ । क्षेत्रमा डा. शर्मालाई माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको राम्रो साथ छ ।

मन्त्रीको लाईनमा डा. शर्मा
देशभरको चुनाबी प्रतिष्पर्धामा लोकतान्त्रिक गठबन्धनले बढी सिटमा जित हाल पार्ने देखिएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा तथा जनमोर्चा सहितको गठबन्धनले सरकार बनाउने अनुमान गरिरहँदा डा. शर्मालाई संभावित मन्त्रीको लाईनमा देखिएको छ ।

कांग्रेस नेतृत्वको सरकारमा डा. शर्मा फुलमन्त्री बन्ने अपेक्षा छ । कांग्रेस भित्र डा. शेखर समुहको बलियो साथ छ ।













0 प्रतिकृया