Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रोः केपी शर्मा ओली

एक्सन खबर
मंसिर, ८, २०७९


सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रोः केपी शर्मा ओली

काठमाडौं, ८ मंसिर । राजनीतिलाई रमाइलोको रुपमा नलिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचन परिणामलाई लक्षित गर्दै उनले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।

झापा ५ बाट अत्याधिक मतले विजयी भएपछि प्रमाणपत्र लिन पुगेका ओलीले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाइ पछिल्लो निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताए । ‘जानेर नजानेर वा भवितव्यले कतिपय विजयी भएका छन् । राजनीति रमाइलोको रुपमा नलिऔं, यो गम्भीर विषय हो ।’ उनले धेरैजसो स्थानमा निश्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिए ।

अध्यक्ष ओलीले आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नुपर्ने बताए । मतदाताप्रति नै आशंका गर्दै उनले भने ‘यसपटक मतदाताले नबुझेको हो की, हामीले बुझाउन नसकेका हौं की । मतदाता सुध्रिनु पर्ने हो की जस्तो लागेको छ ।’  उनले निर्वाचन पाँच वर्षको लागि मात्रै नभएर यसको परिणाम लामो समयसम्म रहने बताए । यही पाँच वर्षमा गलत काम भए पुस्ता पुस्तासम्म असर पर्ने उनको भनाइ छ ।

ओलीले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताउँदै मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताए । ‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’ ओलीले भने, ‘फेरि पनि सरकार बनाउन गाह्रो छ, बनाए पनि टिकाउन झन गाह्रो छ ।’ यसले देश थप अस्थिरतातर्फ जाने ओलीकाे भनाइ छ ।

उहाँले सरकार आफैँले कतिपय ठाउँमा बुथ क्याप्चर गरेको आरोप पनि लगाउनुभयो । चुनाव जित्न घरमा बसेका मान्छे तानेर लगेर मार्ने काम सरकारले गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र भन्ने व्यवहारमा अपराधतन्त्र देखाउनु हुँदैन । हामी शान्ति र लोकतन्त्रमा विश्वास गर्छौ । यो हामीले कार्यान्वयन पनि गरेका छौं । लोकतन्त्र मन्त्र होइन यो जीवन पद्धति हो ।’ उहाँले  लोकतन्त्रको पवित्रतालाई जोगान आग्रह गर्नुभयो ।

कार्यक्रममा बुथ क्याप्तर र धाधली भएका स्थानमा पुनः मतदान गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराउनुभयो ।













0 प्रतिकृया