माेरङ ६ मा डा. शेखरकाे फराकिलाे जित
एक्सन खबर
माेरङ, ९ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला फराकिलो मतान्तरले मोरङ क्षेत्र ६ मा विजयी भएका छन् । एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तर निकाल्दै शेखर कोइराला विजयी भएका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा लालबाबुले ६७५ मतान्तरले यस क्षेत्र जितेका थिए ।
याे क्षेत्रमा ८५३७१ कूल मत खसेकाेमा कुल सदर मत ८०४१७ रहेकाे छ ।
0 प्रतिकृया