भगबती चौधरी निरन्तर अगाडी, गच्छदार पच्छाउँदै
एक्सन खबर
सुनसरी, ९ मंसिर । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले आफ्नो अग्रता बढाउँदै लगेकी छिन् । सुनसरी क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनको मत गणनामा कांग्रेसका बिजयकुमार गच्छदारसँगको प्रतिष्पर्धामा चौधरी निरन्तर अग्रस्थानमा छिन् ।
पछिल्लो अपडेट अनुसार चौधरीले ११७१६ मत पाउँदा गच्छदार ७३२३ मतका साथ दोश्रो स्थानमा छन् । तेश्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ४८५५ मत प्राप्त गरेका छन् ।
सुरुवाती मत गणनामा मैनाली अग्रस्थानमा रहेपछि चौधरी अगाडी आइन् । इटहरीका १० वटा वडाहरु मध्ये शहरी क्षेत्रबाट स्वतन्त्रका उम्मेदवारले राम्रो मत पाएपनि ग्रामिण क्षेत्रहरुमा भगबती बलियो छिन् ।
चौधरी र गच्छदारको यो तेश्रो प्रतिष्पर्धा हो । योपटक गच्छदारको ७ औं पटक चुनाब जितेर सिंहदरबार छिर्ने योजनामा पूर्णविराम लाग्ने देखिएको छ । चर्चित ललिता निवास जग्गा प्रकरणका प्रमुख आरोपित गच्छदारलाई आफ्नै पार्टीका कार्यकर्ताले समेत भोट हालेनन् । इटहरीका ८, ९, १० नं. वडामा समेत उनी कमजोर देखिएका छन् ।
५ वर्ष अगाडी गच्छदारसँग झिनो मतान्तरले पराजय व्यहोरेकी भगबतीको राजनीति उचाई बढ्दो छ । ३० वर्षदेखि समाजसेवा, महिला सशक्तिकरण, वित्तीय संस्थाको नेतृत्व गर्दै राजनीतिमा उदाएकी उनलाई सिंहदरबार छिर्न बाटो खुलेको छ ।
आर्थिक सशक्तिकरण, पूर्वाधार विकास र युवा स्वरोजगारका विषयलाई प्राथमिकताका साथ अगाडी सारेर चुनाबी मैदानमा उत्रिएकी चौधरीलाई कांग्रेसीहरुले समेत समर्थन जनाएका छन् ।
0 प्रतिकृया