नेकका प्राध्यापकहरुको पेशागत विकासका लागि एक दिने कार्यशाला
काठमाडौं, ९ मंसिर । नेपाल इन्जिनियरिङ कलेजमा कार्यरत प्राध्यापकहरुलाई एकदिने पेशागत तालिम दिइएको छ । शुक्रबार शिक्षकहरुको पेशागत विकासका लागि प्राध्यापकहरूलाई एकदिने तालिम दिइएको हो ।
जाउलाखेलस्थित स्टाफ तालिम केन्द्रमा आयोजित कार्यशालामा शिक्षकको पेशागत क्षमताको विकास गरी विद्यार्थीको सिकाइलाई सवलीकरण कसरी गर्ने भन्ने ज्ञान दिइएको थियो । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनको तर्फबाट कार्यक्रम संयोजक पार्वती ढुंगानाले तालिम पश्चात प्राध्यापकहरुमा विद्यार्थीहरुको सिकाईलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने जानकारी दिइएको छ ।
कार्यक्रमको पहिलो चरणमा काठमाडौ युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन प्रा. बालचन्द्र लुइँटेल र आयोजक नेकका प्रिन्सिपल प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले गोष्ठीको महत्वबारे प्रकाश पार्दै शिक्षकहरुको क्षमता अभिवृद्दिका लागि यस्ता कार्यक्रमहरु आवश्यक रहेको औल्याए ।
कार्यक्रमको क्रममा ब्लुम्स् टेक्सोमोनी विषयमा प्रा. बालचन्द्र लुइटेल र विनोदप्रसाद पन्तले संयुक्त प्रस्तुति दिएका थिए । भने, स्टीम प्याडागोजी इन इन्जिनियरिङ विषयमा गंगा सुव्वा, कोलावोरेटिभ लर्निङ्ग र क्लासरुम म्यानेजमेन्ट विषयमा डा. बासुप्रसाद सुवेदीले प्रस्तुति दिएका थिए ।
शिक्षकहरूको क्षमता विकासका लागि कलेजले प्रत्येक वर्ष कार्यशाला, गोष्ठी र तालिमहरु गर्दै आएको कलेजका भाइस प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए । गोष्ठीमा अण्डर ग्रायजुएट र इन्जिनियरिङमा माष्टर्स तहसम्म पढाउने नयाँ प्राध्यापकहरूलाई तालिम दिइने गरिएको छ ।
कार्यक्रममा सहभागी प्राध्यापकहरूले तालिमबाट आफूहरूको शिक्षण विधी अझ प्रभावकारी हुने बताए । कार्यक्रममा आयोजक नेकका अन्डर ग्रायजुयट र माष्टर्स तहमा पढाउने ५० जना भन्दा वढी प्राध्यापकहरू सहभागिता रहेको थियो ।
सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता समेत भइ सञ्चालित नेकमा इन्जिनियिरिङ विधाका डिप्लोमा, ब्याचलर तथा मास्टर्स तहसम्मको अध्ययन अध्यापन हुने गरेको छ ।
0 प्रतिकृया