Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेकका प्राध्यापकहरुको पेशागत विकासका लागि एक दिने कार्यशाला

एक्सन खबर
मंसिर, ९, २०७९


नेकका प्राध्यापकहरुको पेशागत विकासका लागि एक दिने कार्यशाला

काठमाडौं, ९ मंसिर । नेपाल इन्जिनियरिङ कलेजमा कार्यरत प्राध्यापकहरुलाई एकदिने पेशागत तालिम दिइएको छ । शुक्रबार शिक्षकहरुको पेशागत विकासका लागि प्राध्यापकहरूलाई एकदिने तालिम दिइएको हो ।

जाउलाखेलस्थित स्टाफ तालिम केन्द्रमा आयोजित कार्यशालामा शिक्षकको पेशागत क्षमताको विकास गरी विद्यार्थीको सिकाइलाई सवलीकरण कसरी गर्ने भन्ने ज्ञान दिइएको थियो । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनको तर्फबाट कार्यक्रम संयोजक पार्वती ढुंगानाले तालिम पश्चात प्राध्यापकहरुमा विद्यार्थीहरुको सिकाईलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने जानकारी दिइएको छ ।

कार्यक्रमको पहिलो चरणमा काठमाडौ युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन प्रा. बालचन्द्र लुइँटेल र आयोजक नेकका प्रिन्सिपल प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले गोष्ठीको महत्वबारे प्रकाश पार्दै शिक्षकहरुको क्षमता अभिवृद्दिका लागि यस्ता कार्यक्रमहरु आवश्यक रहेको औल्याए ।  

कार्यक्रमको क्रममा ब्लुम्स् टेक्सोमोनी विषयमा प्रा. बालचन्द्र लुइटेल र विनोदप्रसाद पन्तले संयुक्त प्रस्तुति दिएका थिए । भने, स्टीम प्याडागोजी इन इन्जिनियरिङ विषयमा गंगा सुव्वा, कोलावोरेटिभ लर्निङ्ग र क्लासरुम म्यानेजमेन्ट विषयमा डा. बासुप्रसाद सुवेदीले प्रस्तुति दिएका थिए ।

शिक्षकहरूको क्षमता विकासका लागि कलेजले प्रत्येक वर्ष कार्यशाला, गोष्ठी र तालिमहरु गर्दै आएको कलेजका भाइस प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए ।  गोष्ठीमा अण्डर ग्रायजुएट र इन्जिनियरिङमा माष्टर्स तहसम्म पढाउने नयाँ प्राध्यापकहरूलाई तालिम दिइने गरिएको छ ।

कार्यक्रममा सहभागी प्राध्यापकहरूले तालिमबाट आफूहरूको शिक्षण विधी अझ प्रभावकारी हुने बताए । कार्यक्रममा आयोजक नेकका अन्डर ग्रायजुयट र माष्टर्स तहमा पढाउने ५० जना भन्दा वढी प्राध्यापकहरू सहभागिता रहेको थियो ।

सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता समेत भइ सञ्चालित नेकमा इन्जिनियिरिङ विधाका डिप्लोमा, ब्याचलर तथा मास्टर्स तहसम्मको अध्ययन अध्यापन हुने गरेको छ ।














0 प्रतिकृया