Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


मोरङ ३ मा डा. सुनिल शर्मा विजयी, भानुभक्त ढकालको लज्जास्पद हार

एक्सन खबर
मंसिर, १०, २०७९


मोरङ ३ मा डा. सुनिल शर्मा विजयी, भानुभक्त ढकालको लज्जास्पद हार

विराटनगर, १० मंसिर । मोरङ क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल कुमार शर्मा भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गर्दै डा. शर्मा विजयी भएका हुन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा डा. शर्माले ४८ हजार ६ सय ३१ मत ल्याउँदा ढकालले २५ हजार ८ सय ९५ मत मात्र पाए । राप्रपा नेपालकी उम्मेदवार अभिनेतृ रेखा थापाले १० हजार ९८८ मत प्राप्त गरिन् ।

प्रदेश तर्फ ३ को १ मा काँग्रेसका मान बहादुर लिम्बु निर्वाचित भए । उनले १९ हजार ७४९ मत पाउँदा एमालेका दिलीप राई १४ हजार ८ सय १७ मतमा खुम्चिए । मोरङ ३ को २ मा भने, एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भए । उनले एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरे । सुवेदीले १७ हजार ७ सय २८ मत पाउँदा  श्रेष्ठले  १५ हजार ३सय ५८ मत प्राप्त गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा डा. सुनिल शर्मा ढकालसँग मात्र १९०६ मतले पराजित भएका थिए । ५ वर्षको अन्तरालमा डा. शर्माले ढकाललाई झण्डै दोब्बर मतले पराजित गर्न सफल भए ।

डा. शर्माले यो अवधिमा अनवरत आफ्ना क्षेत्रका जनताका लागि काम गर्दा ढकाल भने ३ पटक मन्त्री हुँदा पनि जनताका नजरमा गुमनाम थिए । त्यसमाथि ढकाललाई कोरोना कालमा जनताको स्वास्थ्य प्रति संवेदनशील नभएको र कोरोना स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लागेपछि जनताका नजरमा गिरेका थिए ।

खासगरी डा. शर्माले जनताका आधारभूत समस्याहरु पहिल्याउँदै स्वास्थ्य सेवाबाट जनताको मन जितेकाले भारी मात्रामा मत पाएका हुन् । उनले मोरङ ३ का जनताको जिवनस्तर सुधार्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । नोबेल शिक्षण अस्पताल मार्फत गाउँगाउँमा निःशुल्क स्वास्थ्योपचार पुर्याएका उनले संसदमा गएर जनताका आधारभूत आवश्यक्ता, विकास निर्माणका विषयहरु घनिभूत रुपमा उठाउने बताईरहेका छन् ।













0 प्रतिकृया