Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेपाल मेडिकल कलेजले गाेकर्णेश्वरबासीलाई स्वास्थ्यमा विशेष सहुलियत दिने

एक्सन खबर
मंसिर, ११, २०७९


नेपाल मेडिकल कलेजले गाेकर्णेश्वरबासीलाई स्वास्थ्यमा विशेष सहुलियत दिने

काठमाडाैं, ११ मंसिर । जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले गाेकर्णेश्वर नगरपालिका बासिन्दालाई विभिन्न छुट तथा सहुलियत दिने भएकाे छ । सामाजिक उत्तरदायित्व अन्तरगत गाेकर्णेश्वर नगरपालिका सँगकाे सहकार्यमा कलेजले जेष्ठ नागरिक, क्यान्सर राेग, आङ खस्ने, माेतियाविन्दुकाे उपचारमा विभिन्न सहुलियत दिने भएकाे हाे ।

कलेजका हस्पिटल इन्चार्ज दिलीप साहका अनुसार कलेज र गाेकर्णेश्वर नगरपालिका विच नगरबासीकाे स्वास्थ्य उपचारका सन्दर्भमा २ पक्षीय सम्झाैता भएकाे छ ।

गत असाेजबाटै लागू भएकाे सम्झाैता अनुसार  गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गरिरहेका ६५ बर्ष र सो भन्दा माथिका जेष्ठ नागरिकहरुको भर्ना भै स्वास्थ्य उपचार गर्नु परेमा नगरपालिकाले जेष्ठ नागरिक प्रमाणित गरि उपचारको लागि सिफारिस गरि नेपाल मेडिकल कलेजमा पठाउने छ । त्यसपछि कलेजले अस्पतालमा जाँच, परिक्षण गर्दा (औषधि बाहेक) लाग्ने शुल्कमा अस्पतालको कुल खर्चमा ४० प्रतिशत छुट गर्ने, नगरपालिकाले कुल खर्चको ३० प्रतिशत शोध भर्ना अस्पताललाई उपलब्ध गराउने र बिरामीले ३० प्रतिशत मात्र शुल्क व्यहोर्नु पर्नेछ
 
सम्झाैता अनुसार जाँच परिक्षण मध्ये डेन्टल, इएचएस, कस्मेटिक सर्जरी, प्लास्टिक सर्जरी, आँखा सम्बन्धि उपचार चस्मा, कन्ट्याक लेन्स जडान जस्ता प्रशाधनिय उपचारमा छुट हुने छैन ।

उल्लेखित छुट प्रति व्यक्ति बार्षिक एक लाखसम्मको उपचारमा लाग्ने रकम बराबर हुने र सो भन्दा बढी खर्च लाग्ने भएमा उक्त खर्च सम्बन्धित बिरामीले नै व्यहोर्नु पर्नेछ ।

यस्तै, क्यान्सर रोगको उपचारमा नगरपालिकाले महिलाहरुको पाठेघर र स्तन क्यान्सरको लागि शंकास्पद क्यान्सर रोगीलाई नाम सिफारिस गरि पठाउने, क्यान्सर रोगको परिक्षण गरे बापत हस्पिटललाइ  नगरपालिकाले प्रतिव्यक्ति अधिकतम पन्ध्र हजार उपलब्ध गराउने भनिएकाे छ ।

आङ खस्ने समस्याको उपचारका लागि आङ खस्ने समस्याको सिफारिस भई आएमा बिरामीहरुको उपचार गरे बापत (औषधि बाहेक) नगरपालिकाले हस्पिटललाई अधिकतम पच्चिस हजार उपलब्ध गराउने भनिएकाे छ ।

मोतिबिन्दुको उपचारमा मोतिबिन्दु  भइ नाम सिफारिस भएर आएका बिरामीहरुमा परिक्षण र अप्रेशन गरे बापत (औषधी बाहेक) नगरपालिकाले हस्पिटललाई  दस हजार उपलब्ध गराउने सहमति भएकाे छ । उल्लेखित उपचारको क्रममा आवश्यक पर्ने औषधि ब्यबस्था बिरामी आफैले गर्नु पर्ने, गोकर्णेश्वर नगरपालिका भित्र स्थाई बसोबास गर्ने प्रत्येक बिरामीलाई अनिबार्य नगरपालिकाले सिफारिस गरि पठाउने भनिएकाे छ ।

आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउन कलेजले स्थानीय तहसँगकाे सहकार्यमा कार्यक्रम सञ्चालन गरेकाे कलेजका प्रबन्ध निर्देशक बसरूद्धिन अन्सारीले बताए । पछिल्लाे समय अन्सारीकाे नेतृत्वमा कलेजले स्वास्थ्य सेवाका क्षेत्रमा उल्लेखनीय सुधारहरू गरेकाे छ ।













0 प्रतिकृया