Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


नेकका विद्यार्थीलाई पोर्चुगलकी प्रोफेसरद्वारा दुई दिने लेक्चर

एक्सन खबर
मंसिर, १३, २०७९


नेकका विद्यार्थीलाई पोर्चुगलकी प्रोफेसरद्वारा दुई दिने लेक्चर

काठमाडौं, १३ मंसिर । युरोपका विभिन्न कलेज तथा विश्वविद्यालयहरु सँग शैक्षिक सहकार्य गर्दै आइरहेको नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई युनिभर्सिटी अफ एभइरो पोर्चुगलका डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स टेलिकम्युनिकेशन एण्ड इन्फरम्याट्रिकका एसोसियट प्रोफेसर पेटिया जिओरजिभाले लेक्चर दिएकी छिन् ।

उनले सोमबार र मंगलबार कलेजमा मेशिन लर्निङ एण्ड डीप लर्निङ इन व्रेन कम्प्युटर इन्टरफ्याक्ट विषयमा लेक्चर दिएकी हुन् ।

नेकका प्रिन्सिपल प्रा. डा. हरिकृष्ण श्रेष्ठले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई समय सापेक्ष इन्जिनियरिङ शिक्षाको ज्ञानलाई फराकिलो बनाउन प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुबाट विशेषज्ञहरुबाट लेक्चर दिन लगाइने गरिएको बताए । ‘विदेशका विशेषज्ञहरुको लेक्चरबाट हाम्रा विद्यार्थीले धेरै ज्ञान प्राप्त गर्न सक्छन् । कतिपय नेपालको कोर्षमा समावेश नभएका तर पढ्न जरुरी रहेका कुराहरु बुझ्न पनि सहयोग हुन्छ ।’ डा. श्रेष्ठले भने ।

कार्यक्रममा कलेजका डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका कम्प्युटर, इलेक्ट्रोनिक्सका अन्तिम वर्षका विद्यार्थीहरु सहभागी थिए ।

डा. श्रेष्ठका अनुसार लेक्चरल पेटिया इन्टेलिजेन्ट रावोटिक्स एण्ड सिस्टम ल्याब इन्ष्टिच्युट अफ इलेक्ट्रोनिक्स इन्जिनियरिङ एण्ड टेलिमटिस् अफ एभइरियो (आईईईटिए) का सिनियर रिसर्चर हुन् । उनी युनिभर्सिटी अफ एभिरियो पोर्चुगलको मेशिन लर्निङ इन डिपार्टमेन्ट अफ इलेक्ट्रोनिकस कम्युनिकेशन्स एण्ड इन्फमेटिक्सका प्रोफेसर पनि हुन् ।

विद्यार्थीको शैक्षिक ज्ञान बढाउन कलेजले राष्ट्रिय तथा अन्ताष्ट्रिय स्तरका विषयगत विशेषज्ञहरु आमन्त्रण गरेर लेक्चर दिने गरेको छ । आइएसओ सर्टिफाइड यो कलेज सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ ।  















0 प्रतिकृया