Follow us:


Follow us

१६ माघ २०७९, सोमवार
१६ माघ २०७९, सोमवार


कुमारीगालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
मंसिर, १६, २०७९


कुमारीगालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १६ मंसिर । काठमाडौं महानगरपालिका वडा नं. ८ कुमारीगालमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । मान सिद्धार्थ हाई स्कुलसँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

स्वास्थ्य शिविरमा ६५३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा १४२ जनाको इसिजी, १८७ जनाको ल्याब परीक्षण, १९४ जनाको भिडियो एक्स रे गरिएको छ । त्यस्तै, २७ जनाको दाँत खोलिँदा ३९ जनालाई थप उपचारार्थ ओ.टी. रेफर गरिएको केएमसीले जानकारी दिएको छ ।

केएमसीका तत्कालिन अध्यक्ष डा. सुनिल शर्माले केएमसीका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँ गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानको थालनी गरेका थिए । उनको उक्त निर्णयलाई आगामी दिनहरुमा अझ प्रभावकारी रुपमा परिचालन गर्ने केएमसीले जनाएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ विजयी डा. शर्मा केएमसीका पूर्व अध्यक्ष, नोबेल शिक्षण अस्पतालका पूर्व सञ्चालक तथा पिपुल्स डेण्टल कलेजका पूर्व संरक्षक हुन् । डा. शर्माले नोबेल, केएमसीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गरेका थिए ।
















0 प्रतिकृया