प्रतिनिधिसभा सदस्यमा विजयी मैनालीलाई एनएमसीमा स्वागत सम्मान
एक्सन खबर
काठमाडौं, १६ मंसिर । अत्तरखेल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा बारा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका उम्मेदवारलाई स्वागत सम्मान गरीएको छ । एनएमसीका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित अच्युत मैनालीलाई स्वागत सम्मान गरेका हुन् ।
सो क्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य मैनालीले नेपाल मेडिकल कलेजले मुलुकको स्वास्थ्य शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आउँदा दिनहरुमा एनएमसीसँग सहकार्य, समन्वय गरेर काम गर्न सकिने बताए । ३० वर्षदेखि अनवरत रुपमा स्वास्थ्य शिक्षा क्षेत्रमा काम गरेका अन्सारीको प्रशंसा गर्दै सक्षम र योग्य व्यक्तिहरु पदमा पुग्दा मात्रै संस्था राम्रो हुने बताए ।
भेटघाटका क्रममा एनएमसीका प्रबन्ध निर्देशक अन्सारीले मैनालीलाई सफल कार्यकालको शुभकामना दिँदै देश र जनताका पक्षमा काम गर्न तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि योजनाहरु बनाउन सुझाए । कार्यक्रममा एनएमसीका हस्पिटल डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
0 प्रतिकृया